काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ ।
आज बिहान भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक गर्न लागिएको हो ।
मतपरिणाम सार्वजनिक हुने भएसँगै अहिले प्रतिनिधि र उम्मेदवारहरू हलमा प्रवेश गरेका छन् ।
रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुने छन् ।
बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वत: केन्द्रीय सदस्य रहनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।