काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ ज्वाला संग्रौलाले पार्टी केन्द्रीय समिति निर्वाचनको भोटिङ मेसिनमा आफ्नो नामबाट ‘ज्वाला’ हटाइएकोमा आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएकी छन् ।
बिहिवार महाधिवेशनमा नेतृत्व चयनका लागि गठित निर्वाचन आयोगका प्रमुखलाई सम्बोधन गर्दै उनले उजुरी दिएकी हुन् ।
आफ्नो नाम ‘टिका संग्रौला (ज्वाला) रहेको र यही नामले महाधिवेशन प्रतिनिधि बन्नुका साथै मनोनयन दर्ता गराएको उनले बताएकी छन् ।
उजुरीमा उनले लेखेकी छन्, ‘पार्टीको वेबसाइटमा मेरो नाम केन्द्रीय सदस्य टिका संग्रौला ‘ज्वाला’ रहेको र यसै अनुसार महाधिवेशन प्रतिनिधि हुँदै उम्मेदवार बन्दा समेत यही नाम रहेकोमा भोटिङ मेसिनमा ‘टिका संग्रौला’ मात्रै राखिएको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा के भएर नाम हटेको हो, यथासिघ्र अनुसन्धान गरियोस् ।’
यस प्रक्रियाबाट आफूमाथि हुन गएको अन्याय र क्षतिको जिम्मा कसले लिने हो भन्ने पनि निर्वाचन आयोगले जवाफ दिनुपर्ने संग्रौलाको माग छ ।आफ्नो नाम नचिनेर कयौँ प्रतिनिधिले भोट नहालेको उनी बताउँछिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।