काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनका कारण प्रतिनिधि सभा बैठकको समय परिवर्तन गरिएको छ ।
संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो ।
बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो । उक्त समयमा बैठक विशेष कारणबस बस्न नसक्ने भन्दै संसद् सचिवालयले स्थगित भएको जानकारी गराएको हो ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, शुक्रबार दिउँसो १ बजे बस्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।