काठमाडौँ– ड्यानिएल मुनोजले दोस्रो हाफमा गरेको गोल मदतमा कोलम्बियाले फिफा विश्वकप २०२६ मा डिआर कंगोलाई १-० ले पराजित गरेको छ ।
समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ । कोद्यम्बियाले पहिलो खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो । दुई जितपछि ६ अंक जोडेर समूह के को शीर्ष स्थानमा छ ।
पहिलो हार बेहोरेको डिआर कंगो भने दुई खेलबा६ १ अंकसहित तेस्रो स्थानमा छ । मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भएको खेलमा कोलम्बियाले सुरुवातदेखि नै कंगोमाथि दबाब बनाएपनि गोल गर्न भने दोस्रो हाफसम्म कुर्नुपर्यो ।
मुनोजले ७६औं मिनेटमा वुजान क्वाटेरोको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए र अन्तिममा त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।
यस्तै पहिलो गोलपछि लुइस डियाजले दुई गोल गरेपनि अपसाइडका कारण गोलले मान्यता पाएन । पहिलो हाफमा कंगोका गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै ६ सेभ गरेपछि कोलम्बिया गोल गर्न असफल भएको थियो ।
कोलम्बियाले खेल अवधिभर कूल १९ सट प्रहार गर्दा ९ सट अन टार्गेटमा थियो । जसमध्ये कंगोका गोलकिपर लियोनल एमपासीले ८ बचाउ गरे ।
कंगोले ८ सट प्रहार गर्दा १ मात्र अन टार्गेटमा रह्यो । कोलम्बियाले अब समूह विजेता बन्नका लागि अन्तिम खेलमा पोर्चुगलसँग खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।