काठमाडौं– पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएकाे छ । सुर्खेतबाट पक्राउ परेका पौडेललाई काठमाडौं मंगलबार ल्याइएको हाे ।
प्रहरी नियन्त्रणमा रहेका पौडेलमाथि जारी अनुसन्धानको सिलसिलामा उनलाई विभागमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई आजै म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी गरिएको छ ।
विभागनिकट स्रोतका अनुसार पौडेलमाथि गरिएको अनुसन्धान उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोतसँग सम्बन्धित छ । शंकास्पद आर्थिक गतिविधि र सम्पत्तिको स्रोतबारे छानबिन गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ ।
सोमबार सुर्खेतमा पक्राउ गर्नुअघि ललितपुरकाे भैँसेपाटीस्थित उनको निवासमा प्रहरीले छापा पनि मारेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।