चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज सुरू नहुने भएको छ । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्दसत्रको कार्यतालिका स्थगित गरिएको बताइएको छ ।
रास्वपा निर्वाचन आयोगका सदस्य गाेकुल सापकाेटाका अनुसार आयाेगकाे वैठक बसेर बन्दसत्र स्थगनकाे औपचारिक सूचना निकाल्ने छ ।
आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ । त्यसपछि भोलिबाट बन्दसत्र सुरु हुनेछ । यसले गर्दा महाधिवेशन स्वतः एक दिन लम्बिएको छ । महाधिवेशन प्रतिनिधि संख्या ३८ सय नाघेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।