चितवन– प्रधानमन्त्री बालेन शाह रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगेका छन् ।
उनी आइतबार बिहान चितवन ओर्लिएका हुन् । उनले आफ्नी छोरीलाई समेत चितवन लगेका छन् ।
बालेन रास्वपाका वरिष्ठ नेता हुन् भने आजै रास्वपाको पहिलो महाधिवेशन उद्घाटन हुँदैछ ।
भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले गर्ने कार्यक्रम छ ।
रास्वपाको पहिलो महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।