चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने भएका छन् ।
हिजो भरतपुरमा बसेको केन्द्रीय समिति बैठकले संस्थापकलाई स्वतः केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई दिएको एक संस्थापक सदस्यले जानकारी दिए ।
उनले दिएको जानकारीअनुसार हिजो शनिबार बसेको केन्द्रीय समितिको बैठकमा पनि उक्त प्रस्ताव आएको थियो । पार्टी स्थापना गर्न सभापति रवि लामिछानेलाई विश्वास गरेकै कारण आज देशको मूल जिम्मेवारी प्राप्त भएको भन्दै ती सबैको योगदानको उच्च मूल्याङ्कन गर्न एक पटक केन्द्रीय कमिटीमा ल्याउन केन्द्रीय सदस्य गणेश कार्कीले प्रस्ताव राखेका थिए ।
पार्टी स्थापनाकालमा २१ जना केन्द्रीय सदस्य थिए । ती मध्ये डा मुकुल ढकाल अहिले रास्वपामा छैनन् । डिपी अर्याल सभामुख छन् ।
रास्वपाको संशोधित विधानमा १९ पदाधिकारी, १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । सात प्रदेशका सभापति पदेन सदस्य रहनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।