काठमाडौं– रास्वपा केन्द्रीय समितिको बैठक एक घण्टा सरेको छ ।
दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजेमात्रै बस्ने भएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार, बैठक भरतपुरको विक्रम मार्गस्थित दियालो फुडल्यान्डमा बस्नेछ ।यसअघि १ बजे होटल सीएमटीको बैठक हल बस्ने भनिएको थियो।
भोलिदेखि रास्वपा महाधिवेशन सुरु हुँदैछ । त्यसअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो ।
बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र विधान संशोधनबारे छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।