काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो ।
कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्ने बताइएको छ ।
यस पटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशन केन्द्रित हुनेछ । बैठकले महाधिवेशनको मिति समेत तोक्नेछ । केन्द्रीय कार्यसमिति बैठक धुम्बाराहीको सूर्य ब्यांकेटमा असार ५ गते बिहान ११ बजे बोलाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।