काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले १ खर्ब रुपैयाँ सीमामा तारजाली लगाउनका लागि विनियोजन गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सीमामा लड्ने नेपालीलाई पोषण र पोशाकमा पनि बजेट छुट्याउनु पर्ने बताए ।
उनले भने, ‘सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ।’
शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको बजेटमा खेल मैदान विकास गर्नका लागि ध्यान दिनुपर्ने बताए। उनले अन्य शीर्षकका बजेट कटाएर भए पनि विद्यार्थीलाई खाजा दैनिक २० रुपैयाँबाट ५० पुर्याउन माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।