काठमाडौँ– स्कटल्यान्डले विश्वकप २०२६ मा आइतबार हाइटीलाई १–० ले पराजित गरेको छ र यससँगै समूह सी को शीर्ष स्थानमा उक्लेको छ । यो जितले स्कटल्यान्डको तीन अंक भएको छ ।
यसै समूहमा ब्राजिल र मोरक्कोको एक एक अंक छ । यसअघिको खेलमा ब्राजिल तथा मोरक्कोले बराबरी खेलेका थिए । बोस्टन स्टेडियममा प्राप्त जितले स्कटल्यान्डको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ ।
खेलको एक मात्र गोल जोन म्याकगिननले ड्रिंक्स ब्रेक लगतै २८ औं मिनेटमा गोल गरे । स्कटल्यान्ड विश्वकपमा २८ वर्षयता पहिलो पटक खेलिरहेको छ र त्यसैले म्याकगिननको गोलको ऐतिहासिक महत्त्व रहनेछ ।
बोस्टन स्टेडियममा भइरहेको खेलको सुरुमा दुवै टिमको आक्रमण निर्णायक रहको थिएन् । स्कटल्यान्डका स्कट म्याक टोमनीले १७ औं मिनेटमा गरेको प्रहार पोस्टमा लागेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।