काठमाडौँ –रास्वपा सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि टिप्पणी गर्दै उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताएका हुन् ।
‘म संविधानको हस्ताक्षर गरेको माननीय हो तर संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारमा किन कसरी कर लिन पाइन्छ ?’ उनले भने ।
त्यो ट्याक्स निजी विद्यालय, निजी स्वास्थ्य संस्थामाथि नलागेको बताउँदै सिंहले त्यो ट्याक्स साधारण विद्यार्थी र सर्वसारणलाई लगाइएको बताए।
बूढानीलकण्ड विद्यालयमा पढेका विज्ञ अर्थमन्त्रीले यस्तो विद्यालय सातवटै प्रदेशमा खोल्ने उद्घोष गर्ने अपेक्षा रहेको तर, त्यो केही पनि नपाइएको उनले तर्क गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।