काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शाहीले बोल्दै भन्सारको कर छलिको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोलेको बताएका हुन् ।
‘म आज जानकारी गराउन चाहन्छु । सम्माननीय ज्यु पनि संसदको सदस्य हुँदै गर्दा हामीले पनि कुनै समय सुशासनका पक्षमा हरियो रिबन बाँधेका थियौँ । आन्दोलन गरेर संसदीय छानबिन समिति चाहिन्छ भनेर माग पनि गरेका थियौँ । यो सत्ताको कुर्सी गज्जबको हुँदो रहेछ । यताबाट उता जान बित्तिकै सबै कुरा बिर्सिने रहेछ,’ शाहीले भने, ‘भन्सारको कर छलीको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गएर झुट बोल्नुभएको छ । हामीले संसदीय छानबिन समितिको माग रहरले गरेका होइनौँ ।’
शाहीले करको विषयमा आफूहरूले संसदीय छानबिन समितिको माग गरेको रहरका लागि नभएको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।