काठमाडौँ – मन्त्रिपरिषद् विस्तारसँगै नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मंगलबार आयोजित समारोहमा सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा शपथ लिएका हुन् ।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भई म्याग्दीबाट निर्वाचित सांसद हुन् ।
उनीहरू दुवै जनाको सरकारमा दोस्रो इन्ट्री हो ।
गुरुङ गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए । वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । पुन भने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।