काठमाडौं– प्रतिनिधिसभाका विपक्षी दलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलका प्रमुख सचेतक र सचेतकको सर्वदलीय बैठक सुरु भएको हो ।
बैठकमा प्रतिनिधिसभाको गतिरोध र समसायिक विषयमा छलफल हुनेछ ।
बैठकमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा, सचेतक निश्कल राई, नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, दलको उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट खुश्बु ओलीसहितका नेता सहभागी छन् ।
आज विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए ।त्यसपछि कांग्रेसले अहिले विपक्षी दलको बैठक बोलाएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।