काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमाको विषयमा बोलेको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले सीमाको विषयमा बोलेको कुरा सच्याउन माग गरेका हुन्।
उनले भने, ‘देश रहनका लागि भूगोल चाहिन्छ। भूगोल बिनाको देश हुँदैन। प्रधानमन्त्रीज्यूको मुखबाट जे सुनिरहेका छौँ, त्यसबाट हामी दुखी छौँ। आक्रोशित छौँ। उहाँले आफ्नो वचन सच्याउनुपर्छ। उहाँको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सच्याउनुपर्छ।’
यस्तै, उनले नेपाली सेनालाई अन्यन्त्र प्रयोग भइरहेको बताउँदै सीमा सुरक्षामा खटाउन सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘नेपाली सेनालाई सीमामा लगेर तैनाथ गर्नुपर्छ। नेपाली सेनालाई राख्नुपर्ने ठाउँ सीमामा हो तर अन्यन्त्र प्रयोग भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।