काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनालाई सीमानामा तैनाथ गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालले भारतको सीमा मिचेको अभिव्यक्तिको पुष्टि गर्नुपर्ने बताएका हुन् ।
‘सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ । राख्नुपर्ने सिमानामा हो । त्यतातिर ध्यान दिनुपर्छ,’ साम्पाङले भने ।
सदनलाई चलाउन सभामुख डीपी आर्यालले गरेको आग्रह स्वीकार गर्न नसकिने उनले बताए । ‘सभामुखको आग्रह छ स्वीकार्न सक्दैनौँ । कहाँ कहाँ सिमाना मिचेका रहेछाैँ पुष्टि गर्नुपर्छ । उहाँले आफ्नो भनाइ सच्याउन पर्छ । त्यो कुरा नसच्याएसम्म अन्य कुरामा प्रवेश गर्नु भनेको मिथ्या रहन्छ,’ साम्पाङले भने ।
उनले प्रधानमन्त्रीले बोलेको कुरा प्रधानमन्त्रीले नै सच्याउनुपर्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।