काठमाडौं– संघीय संसदकाे जारी गतिरोध तत्काल अन्त्य नहुने संकेत देखिएको छ । विपक्षी दलहरूले संसद बैठकमा अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
संसदमा देखिएको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भए पनि संसदकाे अवरोध हटाउने विषयमा सहमति जुट्न सकेन ।
बैठकमा संसदकाे गतिरोध, समसामयिक राजनीतिक विषय तथा सहमतिका सम्भावनाबारे छलफल भएको बताइएको छ । तर, विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध जारी राख्ने अडान दोहोर्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।