काठमाडौँ – जेन–जी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।
आयोगले गत २३ र २४ भदौको घटनामा मानवअधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदन बुधबार सार्वजनिक गरेकाे हाे ।
आयोगले ‘जेन–जी’ आन्दोलनको अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ ।
'गत २३ र २४ भदौ २०८२ को जेन–जी आन्दोलनको क्रममा भएका मानवअधिकारको उल्लंघनका सम्बन्धमा आयोगको मिति २०८३/२/१२ गतेको बैठकले निर्णय/सिफारिस गरी सिफारिस कार्यान्वयन गर्न सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । यसअघि घटनाको अनुसन्धान गर्न आयोगद्बारा गठित समितिले अनुसन्धान सम्पन्न गरी आयोगलाई प्रतिवेदन पेस गरेको थियो,' विज्ञप्तिमा भनिएकाे छ ।
घटना अनुसन्धान गर्न आयोगद्वारा गठित समितिले यसअघि कार्यालयमा प्रतिवेदन पेस गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।