काठमाडौँ– कक्षा ११ को पठन पाठन असार १ गतेदेखि सुरु हुने भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशित भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु हुनेछ।
मन्त्रालयको निर्णयअनुसार सबै शिक्षा विकास समिति समन्वय इकाईलाई कक्षा सञ्चालनका लागि पत्राचार समेत गरिसकिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।