काठमाडौं– केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त भएका छन् ।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले समितिकाे सदस्यमा पण्डितलाई नियुक्त गरेका हुन् ।
सरकारले केहीदिनअघि ल्याएको अध्यादेशका कारण सेन्सर बोर्डका तीन जना सदस्य पदमुक्त भएका थिए । उक्त रिक्त पदमा पण्डित नियुक्त भएको मन्त्रालय एक कर्मचारीले जानकारी दिए ।
सरकारले गतसाता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त ३ सदस्य पदमुक्त भएका थिए । तीमध्ये रिक्त एक पदमा पण्डित नियुक्त भएका हुन् । बाँकी २ रिक्त सदस्य पदमा नियुक्तीको तयारी भैरहेको प्रवक्ता रानामगरले बताए ।
ती कर्मचारीका अनुसार पण्डितले नियुक्तिको पत्र बुझिसकेका छन् । उनले आजै पत्र बुझेका हुन् । अन्य दुईवटा पदमा भने नियुक्त भइसकेको छैन ।
लामो समयदेखि चलचित्र निर्देशनको क्षेत्रमा काम गरेका पण्डित अघिल्लो सरकारले ल्याएको चलचित्र विधेयकको विरोधको नेतृत्व पनि गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।