काठमाडौँ– नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।
स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिइओ)को टोलीले बुधबार पक्राउ गरेको हो।
सिआइबीका अनुसार सरकारको स्वामित्वमा रहेको सम्पत्ति गैरकानुनी रूपमा अर्को कम्पनीलाई बिक्री गर्ने कार्यमा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको हो।
यसअघि सोही प्रकरणमा पलिना श्रेष्ठ र नरेन्द्र उलक पनि पक्राउ परिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।