काठमाडौं– नेपाली कांग्रेसको देउवा पक्षले सर्वोच्च अदालतले पार्टीको आधिकारिकतबारे गरेको फैसला त्रुटिपूर्ण रहेको निस्कर्ष निकालेको छ ।
आज बसेको सो समूहको बैठकले सर्वोच्चले विरोधाभासपूर्ण र आफ्नै विगतको नजिरविपरित फैसला गरेको ठहर गरेको हो ।
बैठकपछि बोल्दै देउवा समूहका नेता मिनबहादुर विश्वकर्माले अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको जानकारी दिए । फैसलालाई तत्काल स्वीकार गरे पनि यसको पुनरावलोकनमा जानुपर्ने राय नेताहरुबाट आएको उनले बताए ।
साथै, अब एकताका लागि पहल गर्ने जिम्मेवारी सभापति गगन थापाको रहेको निस्कर्ष पनि वैठकले निकालेको छ । अन्यथा पार्टी विभाजन हुनसक्ने विश्वकर्माले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।