काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित सांसदको अभाव रहेका निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदलाई जिम्मेवारी दिने नीति अपनाउने निर्णय गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो व्यवस्था तय गरेको हो।
पार्टी प्रवक्ता मनिष झा का अनुसार यस कदमले प्रतिनिधित्व नभएका क्षेत्रमा पनि संगठनात्मक सक्रियता सुदृढ गर्ने लक्ष्य राखिएको छ।
निर्णयअनुसार सम्बन्धित जिल्ला तथा निर्वाचन क्षेत्रअनुसार जिम्मेवारी बाँडफाँटको विस्तृत सूची तयार पारिएको छ, जसलाई आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी गरिएको छ। सो बैठकमा सचिवालयले गरेका निर्णयहरूलाई औपचारिक मान्यता दिने कार्यसूचीसमेत समावेश गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।