काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार अन्तर्गत जिल्ला अधिवेशन प्रक्रिया आगामी वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।
आइतबार काठमाडौँ स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले अधिवेशन सञ्चालनको मिति तय गरेको हो।
पार्टी प्रवक्ता मनिष झा का अनुसार सो निर्णयलाई औपचारिक रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।
यसअघि पार्टीले संगठनात्मक गतिविधि तथा आन्तरिक व्यवस्थापनका विभिन्न एजेन्डामाथि छलफल गर्दै आएको थियो। सचिवालयबाट तय भएका विषयहरू सोमबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरी अनुमोदन गर्ने कार्यसूचीसमेत तय गरिएको जनाइएको छ।
केन्द्रीय समिति बैठकले सचिवालयद्वारा अघि सारिएका निर्णयहरूलाई अन्तिम रूप दिने अपेक्षा गरिएको पार्टी स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।