काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवास विभागको नेतृत्व परिवर्तन गर्दै नयाँ जिम्मेवारी तोकेको छ।
पार्टी केन्द्रीय सचिवालयको आज बसेको बैठकले केन्द्रीय सचिवालय सदस्य दीपक बोहोरालाई प्रवास विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो।
पार्टी प्रवक्ता मनिष झाका अनुसार यसअघि उक्त विभागको नेतृत्व सम्हाल्दै आएका डीपी अर्याल सभामुख पदमा चयन भएपछि रिक्त रहेको स्थानमा नयाँ जिम्मेवारी तोकिएको हो।
निर्णयले प्रवासमा रहेका नेपालीसँग पार्टीको सम्पर्क तथा समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।