काठमाडौँ– नेपाली काँग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको छ ।
यसका लागि गठित निर्वाचन संयन्त्रले सांसदहरूलाई औपचारिक बैठकमा सहभागी हुन आह्वान गरेको हो ।
निर्वाचन व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइलीले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत निर्वाचित सदस्यहरूलाई छलफलमा उपस्थित हुन आग्रह गरेका छन।
उक्त बैठक आज दिउँसो ३ बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बस्ने तय गरिएको छ ।
यसअघि पार्टीले चैत ४ गते संसदीय दलको नेता चयन गर्ने कार्यतालिका तय गरेको जानकारी सार्वजनिक गरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।