काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बौद्ध सम्पदा र लुम्बिनीको विश्वव्यापी प्रचार-प्रसारका लागि नेपाल र दक्षिण कोरियाबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् ।
गृह मन्त्रालयमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताय योङसँग भएको शिष्टाचार भेटका क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
भेटमा गृहमन्त्री गुरुङले नेपालमा कोरियाली लगानीमा सञ्चालित उद्योग-व्यवसाय र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन् ।
साथै, शिक्षा र रोजगारीका लागि कोरिया जाने नेपाली नागरिकको स्वास्थ्य, सुरक्षा तथा स्वदेश फिर्ती व्यवस्थापनसम्बन्धी कोरियाली नीतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
राजदूत पार्कले कोरियामा कार्यरत नेपाली नागरिकहरू मेहनती र अनुशासित रहेको उल्लेख गर्दै उनीहरूले त्यहाँको समाजमा सहज रूपमा घुलमिल भई आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा योगदान पुर्याइरहेको धारणा राखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।