काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र उनीहरूका स्वकीयले पार्टीलाई बुझाउनुपर्ने लेबी तोकेको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्री, सांसद र उनीहरूका स्वकीयको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले मासिक १८ हजार, सांसदहरूले मासिक १६ हजार ५ सय र उनीहरूका स्वकीयले २ हजार लेबी पार्टीमा बुझाउनुपर्ने छ । यद्यपि, सांसदहरूले स्वकीय राख्न पाउने कि नपाउने भन्ने अहिले नै निश्चित भैसकेको छैन ।
रास्वपाका १८२ जना सांसद रहेका छन् भने मन्त्री १६ जना रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।