काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधि सभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
बैठकमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)सहित मन्त्रीहरू पनि सहभागी छन्।
सार्वजनिक लेखा समितिमा भने प्रमुख प्रतिपक्षी दल काँग्रेसले दाबी गर्दै आइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।