काठमाडौँ– नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा उजुरी दर्ता गर्ने समय सीमा थप गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले यसअघि तोकिएको उजुरी दर्ता अवधिलाई विस्तार गर्ने निर्णय गरेको हो।
नयाँ निर्णय अनुसार उजुरी बुझाउने अन्तिम मिति एक महिना थप गरी २०८३ वैशाख मसान्तसम्म पुर्याइएको छ।
समितिका अध्यक्ष तारामान गुरुङका अनुसार प्रतिनिधि सभा निर्वाचन २०८२ सन्दर्भमा पार्टी सदस्यहरूबाट सम्भावित अनुशासन उल्लंघन भएका घटनाबारे प्राप्त उजुरीलाई प्रारम्भिक रूपमा २०८२ चैत मसान्तसम्म बुझाउन आग्रह गरिएको थियो। तर थप समय आवश्यक देखिएकाले म्याद बढाउने निर्णय गरिएको उनले जानकारी दिए।
उनले तोकिएको नयाँ समय सीमापछि प्राप्त हुने उजुरीमाथि कुनै कारबाही प्रक्रिया अघि नबढाइने स्पष्ट गरिएको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।