काठमाडाैं–दसैंमा धेरै बिदा हुन्छन्। यसले आर्थिक रुपले देशलाई नोक्सान पुर्यारउँछ। अन्य देशमा लामो बिदाहरु हुँदैन। त्यसैले यहाँ पनि लामो बिदा दिनुहुँदैन भन्ने लाग्छ। लामो बिदा दिएकैले हाम्रो देश पछि परेको हो भन्ने लाग्छ।
_x000D__x000D_
कम विकसित देशमा बढी बिदा हुन्छ। जस्तो नेपाल र भारतलाई नै हेर्न सकिन्छ। तर विकसित देशतिर त्यस्तो हुँदैन।
_x000D__x000D_
दसैं परम्परा हो। यसमा धर्म जोडिएको छ। तर धर्म देखाउने कुरा होइन।
_x000D__x000D_
आवतजावत, खानपिन, जाँडरक्सीमा नेपालीहरुको धेरै पैसा खर्च भइरहेको छ। यही पर्वको निहुँमा झन्डै एक महिना काम हुँदैन। यसले आर्थिक नोक्सान भइरहेको छ। त्यसैले पनि यसलाई व्यवस्थित र बैज्ञानिक बनाउनुपर्छ भन्ने मैले पहिलेदेखि नै भन्दै आएको छु। कम बिदा दिइयो भने त्यसो गर्न सकिन्छ।
_x000D__x000D_
म दसैंमा विभिन्न कार्यक्रममा जान्छु तर अरुले जस्तै गरी मासु काटेर, मादक पदार्थ खाएर, तास खेलेर भने मनाउँदिनँ। नेताहरुले पनि रक्सी खाएर, तास खेलेर दसैं मनाउने हो भने त जनतालाई के जवाफ दिनेरु हामी त अहिले पनि विकृत छ, विकृति नपछ्याउनुहोला भनिरहेका हुन्छौं।
_x000D__x000D_
हामीहरु हाइस्कुल पास गरिसकेपछिदेखि यस खालको विकृतिको विरोध गरिरहेका छौं। जनतालाई मन पर्ने कुराको विरोध गरेनौं तर उनीहरुको चेतनाको स्तरलाई बढाउन प्रयास गर्यौं ।
_x000D_(कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।