काठमाडौं– प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच ठाकुरले शपथ लिएकी हुन् ।

उनलाई सभामुख डोल प्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसाहय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थको सहभागीता रहेको थियो ।
उपसभामुखका लागि शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी हुन् ।
निर्वाचनमा उपस्थित २५६ सांसदमध्ये ठाकुरले २२९ मत प्राप्त गरेकाे सभामुख डीपी अर्यालले जानकारी दिए । ठाकुरको विपक्षमा ५ जनाले मतदान गरे भने २२ जना तटस्थ बसे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।