काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेको निर्वाचनमा सहयोग गर्ने सबैलाई आभार र धन्यवाद व्यक्त गरेका छन् ।
शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचनमार्फत नयाँ पुस्ता नेपाली राजनीतिमा आकर्षित भएको भन्दै जनताले प्रभावकारी सेवा प्रवाह तथा विधिको शासन, रोजगारीको अवसर, तीव्र आर्थिक सामाजिक स्थायित्वको आकांक्षा राखेको राष्ट्रपति पौडेलले बताए ।
उनले नयाँ संसद्ले आवश्यक कानुनहरू निर्माण गर्ने विश्वास व्यक्त गर्दै न्यायपालिकाबाट निष्पक्ष न्याय प्रदान गरेमात्र सहिदहरूको सम्मान हुने समेत बताए ।
उनले १० वर्षमा भएको संविधान कार्यान्वयन भए पनि जनताको मर्मअनुसार गर्नुपर्ने काम धेरै बाँकी रहेको बताए । नयाँ पुस्ताका चाहानाअनुसार युवा वर्गलाई आफ्नै देशमा बस्ने व्यवस्था बनाउन सरकारले ध्यान दिनेछ भन्ने विश्वास व्यक्त गर्दै उनले निराश जनशक्तिबाट कुनै पनि मुलुकको विकास हुन नसक्ने बताए ।
नागरिकका निराशा तोड्न र सरकारी सेवा चुस्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने तथा परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने आवश्यकता रहेकोमा राष्ट्रपतिले जाेड दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।