काठमाडौँ– नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी नदिएर श्रम संस्कृति पार्टीका उम्मेदवारलाई सघाउने भएका छन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले भने कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले कांग्रेस एमालेले उपसभामुखमा उम्मेदवारी नदिने भन्दै श्रम संस्कृतिलाई सघाउने गरी छलफल भएको बताए । उनले नेकपाले भने कुनै निर्णय गरिनसकेको बताएको छ ।
श्रम संस्कृति पार्टीले उपसभामुखका लागि उम्मेदवारी फाराम लगिसकेको छ । उपसभामुखको उम्मेदवारी दर्ता आजै २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन भने भोलि हुनेछ ।
संसदमा सबैभन्दा धेरै सांसद सङ्ख्या रहेको रास्वपा भएकाले उसले जसलाई समर्थन गर्छ उसैको उम्मेदवार निर्वाचित हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।