काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल आज आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मौरिसस जाँदै छन्।
यही चैत २७ देखि २९ गतेसम्म आयोजना हुने नवौँ इन्डियन ओसियन कन्फ्रेन्स भाग लिन परराष्ट्रमन्त्री खनाल त्यसतर्फ जान लागेका हुन्।
‘नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा नेपालको सहभागिताका लागि निमन्त्रणा प्राप्त भएकोले परराष्ट्रमन्त्रीको सहभागिताका मन्त्रालयले आवश्यक तयारी गरेको जनाइएको छ। भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकर सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।