• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २४, २०८२ Mon, Nov 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मादलको तालमा कम्मर मर्काउदै सखिया नृत्यमा झुमे थारु समुदाय

64x64
नेपाल लाइभ बुधबार, असोज ३१, २०७५  ०७:५६
1140x725

कञ्चनपुर – मादलको तालसँगै कम्मर मर्काएर थारु युवतीहरुले दशैंका बेला नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाबाट ओतप्रोत छ ।

_x000D_ _x000D_

सामूहिक रुपमा सबैका घरघर गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पु¥याएको छ ।

_x000D_ _x000D_

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै यो नृत्यको आरम्भ र अन्त्य गर्ने गरिन्छ । यस नृत्यमा कञ्चनपुरका थारु समुदायको अटूट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ ।

_x000D_ _x000D_

थारु समुदायले कृष्ण जन्माष्टमीको दिनदेखि सखिया नृत्यको शुरुआत गरेर दशैंसम्म निरन्तरता दिने गर्दछन् । तर, आजभोलि गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी सखिया नृत्यको आयोजना गर्ने गरिएको पाइन्छ । पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आइएकामा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीहरुलाई पट्यार लाग्ने भएपछि हाल छोट्याएर दशदेखि पन्ध्र दिनसम्म मात्रै नाच्ने गरिँदै आइएको थारु अगुवाहरु बताउँछन् । 

_x000D_ _x000D_

थारु गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजनाबारे छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाँजोपाँजो मिलाइने गरिन्छ ।

_x000D_ _x000D_

गुरुवा (झाँक्री) ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवकयुवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउन पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको शुक्लाफाँटा नगरपालिका ३ जोनापुर गाउँका थारु अगुवा मनिराम चौधरीले बताए  । 

_x000D_ _x000D_

_x000D_ _x000D_


_x000D_ सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यको बीच बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भनिने बडघर चौधरीले बताए  । नृत्यमा गीत गाउने महिलाहरुको अगुवाइ गर्नेलाई “मोह्रिन्या” भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीहरुलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीहरु नृत्य पस्कने गर्दछन् जसलाई थारु भाषामा खोट (पैंया) भनिन्छ । 

_x000D_ _x000D_

थारु राजनीतिकर्मी दानसिंह दहितले भने “पैंया २२ प्रकारको हुने भए पनि हाल मदारीहरुले आफैं सिर्जना गरेर पैंयाको तरीकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्छ ।” 

_x000D_ _x000D_

यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरु खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँहरुमा निकै भीड लाग्ने गरेको छ । सप्तमीको दिनसम्म रात्रि समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ ।

_x000D_ _x000D_

अष्टमीको रात आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भन्ने गरिन्छ । थारु संस्कृतिका जानकार परदेशी चौधरीले भने “यस दिन थारु समुदायले कुभिण्डोको भेंडा बनाई बलि दिने चलनसमेत रहेको छ।” 

_x000D_ _x000D_

पञ्चमीको दिन अघि सादा पोशाकमा यस नृत्यलाई पस्किन भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीहरुले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीहरुले रङ्गिबिरङ्गी ऐना जडान गरिएका लेहंगा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् ।

_x000D_ _x000D_

हातमा मैजरी लिएर मादलको तालसँगै महिलाहरुले बजाउने समेत गर्दछन् । अष्टमीको दिन पछि राति नाचिइँदै आइएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ । दिउँसो नाचिने सखिया नृत्यमा थारु युवतीहरुले कृष्णको लीलालाई यसरी आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन् । 

_x000D_ _x000D_

बचपनसे कान्हा गुल्ली डण्डा (खेलनै रे हाँ) 
_x000D_ ओइसे तरपे जीया मोर हाई रे सँवारिया रे हाँ । 

_x000D_ _x000D_

तिरछी बईठी कान्हा (बसिया बजाबै रे हाँ) 
_x000D_ ओइसे तरपे जीया मोरे साँबरिया रे हाँ । 

_x000D_ _x000D_

छतिया चिहुरी चिहुरी कान्हा (मामा मरनै रे हाँ) 
_x000D_ कन्सा मुवल भैनक हात हाई रे साँबरिया । 

_x000D_ _x000D_

_x000D_ _x000D_

गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलीला गरेको र कंस वध गरिएको प्रसंग उल्लेख गरिएको पाइन्छ । यस नाचलाई दशैंका दिन धनी, गरीब, गाउँका मान्यजन सबैका घरघरमा गएर देखाइने भएकाले विगतका रिसराग बिर्सेर सबैले हेर्ने गर्दछन् । बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ ।

_x000D_ _x000D_

दशैंपछि गाउँमा नृत्यमा सहभागी सबैजनालाई सहभागी गराई भोज खाने चलन समुदायमा विद्यमान रहेको फुलराम चौधरीले बताए  । यसलाई थारु भाषामा ‘ख्यारा’ खाने भन्ने गरिन्छ । यो नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दाबीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने पिपलाडीका वडघर नरेन्द्र चौधरीले बताए  । धार्मिक मान्यता अनुरुप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधि हट्ने र वर्षभरीका लागि अन्न खान पुग्ने विश्वास थारु समुदायमा रहेको छ । यसलाई अर्को शव्दमा थारु समुदायले धर्ती जाग्ना भन्ने गर्दछन् ।

_x000D_ _x000D_

सखिया नृत्यको आयोजनाले धर्ती जागेर प्रशस्त अन्न फल्ने विश्वास यस समुदायमा रहेको छ । विदेशी पर्यटकहरुलाई समेत यस नृत्यले गाउँसम्म तानेर तस्वीर खिच्न बाध्य पारेको छ ।

_x000D_ _x000D_

थारु समुदायका धार्मिक आस्था बोकेका गीत र नृत्यप्रति युवा वर्गले चासो देखाउन थालेपछि थारु संस्कृतिको संरक्षणमा टेवा पुगेको थारु सामाजिक कार्यकर्ता रेवन चौधरी बताउँछन् ।

_x000D_ _x000D_

 राजेन्द्रप्रसाद पनेरुकाे अालेख रासस

प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  ०७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री सोमबार, कात्तिक २४, २०८२
महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न सोमबार, कात्तिक २४, २०८२
रामकुमारी र किसानलगायतका नेता एमालेमै फर्किए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता आइतबार, कात्तिक २३, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्