• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इरानको राजनीतिक उतारचढावः पहलवी वंशको पतनदेखि खामेनीसम्म

64x64
नेपाल लाइभ आइतबार, फागुन १७, २०८२  ०७:३४
1140x725

तेहरान– सन १९७७ को नयाँ वर्षको पूर्वसन्ध्यामा तेहरानमा आयोजित एक सरकारी भोजमा अमेरिकी राष्ट्रपति जिमी कार्टरले इरानका शाह मोहम्मद रेजा पहलवीलाई क्षेत्रको “स्थायित्वको टापु” भनेर प्रशंसा गरेका थिए। उनले शाहको बुद्धिमत्ता, विवेकशीलता र संवेदनशीलताको खुलेर सराहना गरेका थिए।

तर, यो प्रशंसा धेरै समय टिक्न सकेन। त्यसको दुई वर्षभित्रै इरानमा भएको इस्लामिक क्रान्तिले पहलवी वंशलाई फाल्यो र इरानको राजनीति बदलिन पुग्यो । 

इरानको आधुनिक इतिहासमा रजा शाह पहलवीको उदय सन् १९२५ मा भएको थियो। दोस्रो विश्वयुद्धका बेला उनी नाजी जर्मनीतिर झुकेपछि बेलायत र सोभियत संघले उनलाई सत्ताच्युत गरी उनका छोरा मोहम्मद रजा पहलवीलाई गद्दीमा बसालेका थिए।

रजा शाहले इरानलाई पश्चिमा मुलुकको स्तरमा पुऱ्याउने प्रयास गरे पनि उनलाई अमेरिकाको कठपुतली र एक क्रुर तानाशाहको रूपमा हेरिन्थ्यो।

दोस्रो विश्वयुद्धपछि इरानमा पश्चिमी शक्तिको प्रभाव बढ्दै गयो। शाहले तेल आम्दानीको आधा हिस्सा देशमै राख्ने प्रस्ताव अघि सारेका थिए, तर शक्तिशाली एंग्लो–इरानी तेल कम्पनीले त्यसलाई अस्वीकार गर्‍यो।

त्यसपछि जनसमर्थन मोहम्मद मोसद्देकतर्फ मोडियो। प्रधानमन्त्री बनेपछि मोसद्देकले तेल उद्योग राष्ट्रियकरण गरे, जसले देशभित्र ठूलो समर्थन पायो। तर संयुक्त राज्य अमेरिका र बेलायतले यस कदमलाई आफ्नो हितविरुद्ध ठाने। अमेरिकी राष्ट्रपति ड्वाइट डेभिड आइजनहावर र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलको समर्थनमा गरिएको गोप्य अभियानपछि मोसद्देक अपदस्थ भए र नजरबन्द जीवन बिताउन बाध्य भए।

१९७० को दशकसम्म आइपुग्दा आर्थिक असमानता, भ्रष्टाचार र दमनका कारण शाहविरुद्ध जनआक्रोश चुलिँदै गयो। अन्ततः १९७९ मा इस्लामिक क्रान्ति सफल भयो। निर्वासनमा रहेका धार्मिक नेता आयतुल्लाह रुहोल्लाह खोमेनी स्वदेश फर्किए र राजतन्त्रको अन्त्य गर्दै इस्लामिक गणतन्त्रको स्थापना भयो।

१ फेब्रुअरी १९७९ मा खोमेनी तेहरान फर्कँदा लाखौँ समर्थकहरूले स्वागत गरेका थिए। उनी सर्वोच्च नेता बने र इस्लामी सिद्धान्तअनुसार शासन सुरु गरे। उनले अमेरिकालाई ठूलो सैतान र इजरायललाई अवैध कब्जा गर्ने देशको रुपमा घोषणा गरे। खामेनीको पालामा तेहरानस्थित अमेरिकी दूतावास कब्जा गरी अमेरिकी नागरिकहरूलाई ५२ दिनसम्म बन्धक बनाइएको थियो । जसले गर्दा अमेरिकासँगको सम्बन्ध पूर्ण रूपमा बिग्रियो।

Ncell 2
Ncell 2
nimb
nimb

सन १९८९ मा भारतीय मूलका लेखक सलमान रुश्दीको पुस्तक प्रकाशित भएपछि खोमेनीले उनलाई मृत्युदण्ड दिनुपर्ने घोषणा गर्दै फतवा जारी गरे। यसले इरान र पश्चिमी देशबीचको सम्बन्ध झन् चिस्यायो।

सन् १९८९ मा खामेनीको मृत्युपछि अली खामेनी इरानको सर्वोच्च नेता बने। खामेनीले यसअघिकै कट्टरपन्थी नीतिहरूलाई निरन्तरता दिए पनि केही समयका लागि मोहम्मद खातमीजस्ता सुधारवादी राष्ट्रपतिहरूले पश्चिमा मुलुकसँग सम्बन्ध सुधार्ने प्रयास गरेका थिए। तर, सन् २००५ पछि इरान पुनः कट्टरपन्थी धारमै फर्कियो।

खामेनीको शासनकालमा इरानले आफ्नो परमाणु कार्यक्रम र सैन्य शक्तिलाई निकै बलियो बनाएको छ। तर हालका दिनहरूमा इरानमा आर्थिक संकट र बेरोजगारीका कारण असन्तुष्टि बढिरहेको छ।

हाल पूर्व शाहका छोरा रेजा पहलवीले देशभित्र परिवर्तनका लागि आह्वान गरिरहेका छन्। तर उनको विदेशसँगको निकटताका कारण इरानभित्र उनको राजनीतिक स्वीकार्यतामाथि प्रश्न उठिरहेका छन्।

पहलवी वंशको विलासी राजतन्त्रदेखिखामेनीको धार्मिक सत्तासम्मको इरानको यात्राका बिचमा अहिले इरानमा अमेरिका र इजरायलको हमला भएको स्थितिमा विश्वको ध्यान यसतर्फ गएको छ ।

विश्लेषकहरूका अनुसार इरानको समकालीन राजनीति अझै पनि १९७९ को क्रान्तिको प्रभावबाट मुक्त हुन सकेको छैन। सत्ता परिवर्तन भए पनि वैधता, जनसमर्थन र अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलन जस्ता चुनौतीहरू कायम रहने सम्भावना देखिन्छ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  ०७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ
सम्बन्धित सामग्री
इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताए । उनले इरानलाई आणविक हतिय... मंगलबार, भदौ २३, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ प्रक्षेपणको सातौँ दिन सोमबारसम्म रोमन पृथ्वीबाट करिब ७ लाख ३ हजार किलोमिटर टाढा पुगेको छ। अहिले यसको मुख्य एन्टेना, भाइजरलगायत उपकरण... सोमबार, भदौ २२, २०८३
अस्ट्रेलियाली संसद्मा नेपालको बाढीबारे अल्बानिजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्। सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब मंगलबार, भदौ २३, २०८३
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्