काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीबाट झापा-५ मा उम्मेदवार रहेका रञ्जित तामाङले चुनावी गठबन्धन वा तालमेलको कुनै सम्भावना नरहेको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन साहसँग प्रतिस्पर्धामा रहेका तामाङले नेकपा कसैसँग चुनावी तालमेल नगरी एक्लै मैदानमा उत्रिएको बताए ।
उनले भनेका छन्, ‘म आफ्नो एजेन्डा र मुद्दा सुनाएर चुनावमा जाँदैछु, मतदाताको घरदैलोमा पुगेर मैले आफ्नो विषय र विचार राखेको छु । अरू सबैले पनि राख्ने क्रम जारी छ। मलाई आशा र विश्वास छ, यस पटकको जनताले आफ्नो मत स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगबाट व्यक्त गर्न पाउनुहुनेछ ।’
उनले चुनावी गठबन्धनबारे भइरहेको चर्चामा कुनै सत्यता नभएको दाबी गरेका छन् । नेकपा आफ्नो एजेन्डा र मुद्दा बोकेर स्वाधीनताको, राष्ट्रियताको, भ्रष्टाचारमुक्त नेपालको, सुशासनको र प्रत्यक्ष निर्वाचित कार्यकारीको, नव पुस्ताहरूको विद्रोहले उठाएको, त्यसको मर्म र भावना अनुरूपको ऐन कानुनहरू निर्माण गर्ने कुरामा र सबै प्रकारका उत्पीडित जाति, क्षेत्र, समुदाय, वर्ग र भूमिहीन, सुकुमबासी, मजदुर, किसानहरूको अधिकारलाई संस्थागत गर्ने एजेन्डा र मुद्दा लिएर चुनावमा गएको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।