काठमाडौँ– सिराहामा गोली प्रहार गरी एक जना पुरुषको हत्या भएको छ।
शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार घटनामा गोली प्रहार भएको हो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी वासुदेव पाठकको कमाण्डमा टोली खटिएको प्रजिअ पौडेलले बताए। थप विवरण आउन बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।