काठमाडौँ – नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीले अतीतका उपयोगी मूल्य र अभ्यासलाई निरन्तरता दिँदै नकारात्मक पक्षलाई पूर्ण रूपमा परित्याग गरिसकेको दाबी गरेका छन्।
शुक्रबार सर्लाही-४ मा आयोजित निर्वाचनसम्बन्धी कार्यक्रममा बोल्दै उनले मतदातामाझ पार्टीको वर्तमान दिशाबारे स्पष्ट सन्देश दिँदै काँग्रेस समयानुकूल सुधारिएको राजनीतिक शक्ति बनेको बताएका हुन्।
उनका अनुसार विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीले बदलिँदो समयको आवश्यकता अनुसार आफ्नो कार्यदिशा तय गरेको छ।
सभापति थापाले वर्तमान काँग्रेसले सुशासनको सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण तथा लामो समयदेखि कार्यान्वयन हुन नसकेका विकास र सुधारका कामहरू पूरा गर्ने लक्ष्यसहित अघि बढिरहेको उल्लेख गरे। उनले पार्टीले अब व्यवहारमा परिणाम देखिने काममा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।