काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका सीके राउतदेखि निशा अधिकारीसम्मलाई स्पष्टीकरण सोधको छ ।
बुधबार आयोगले उनीहरूलाई स्पष्टीकरण सोधको हो । सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहेका राउतलाई सार्वजनिक स्थान (चौबाटोमा) आफ्नो निर्वाचन चिह्न र झण्डाको तोरण बनाई प्रदर्शन गरेको भन्ने उजुरी प्राप्त भएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।
त्यस्तै आयोगले गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ५ मा उम्मेदवार रहेकी निशा अधिकारीलाई पनि तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।
अष्ट्रेलियामा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यूआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने भन्दै आयोगमा उजुरी परेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।