नुवाकोट– जिल्लाको दुप्चेश्वर गाउँपालिका-१ घेवारचौरमा बाबुछोराको झगडा छुट्याउने क्रममा झाँक्री रणे तामाङको मृत्यु भएपछि दुई जना पक्राउ परेका छन् ।
मंगलबार राति पौने ११ बजेतिर घेवारचौरमा तामाङको मृत्यु घटनापछि अनुसन्धानका लागि ५२ वर्षीय ओङ्दी शेर्पा र उनका छोरा २६ वर्षीय कुन्सा ग्याल्जेन शेर्पालाई बुधबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
ओङ्दी र कुन्साबीच छिमेकी चुङ्दी शेर्पाको घरमा झगडा भइरहेको थियो । झगडा छुट्टाउने क्रममा स्थानीय ३३ वर्षीय रणे तामाङको लडेर मृत्यु भएको भन्ने खबरपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार घटनाको मुचुल्कासहित आवश्यक प्रक्रिया पुर्याएपछि अभियुक्तद्वयलाई घरबाटै पक्राउ गरिएको हो । उनीहरुलाई आजै नुवाकोट जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसूरमा दिन ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी विक्रम लामाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।