सर्लाही– नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई जिताउन भन्दै प्रदेश सभा सदस्यका उम्मेदवार र चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका छन् ।
प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ (ख) बाट उम्मेदवार बनेका कृष्णकुमार कुशवाह र गोडैता नगरपालिकाका चार वडाध्यक्ष कांग्रेस प्रवेश गरेका हुन् ।
सर्लाहीमा बुधबार आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नं १ का वडाध्यक्ष सुजित महतो, वडा नं २ का वडाध्यक्ष अजयप्रसाद साह, वडा नं ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डितलाई सभापति थापाले पार्टी प्रवेश गराएको उनको सचिवालयले जनाएको छ ।
वडा नं १ का वडाध्यक्ष महतो र वडा नं २ का वडाध्यक्ष साह नेपाल कम्युनिष्ट पार्टी, वडा नं ५ का वडाध्यक्ष गुप्ता लोसपा, वडा न ११ का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए ।
त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् ।
यसअघि सर्लाही-४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेस प्रवेश गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।