काठमाडौं– राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा, एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् ।
कोशी प्रदेश अन्तर्गत ३ सिटका लागि भएको निर्वाचनमा थापा निर्विरोध बने भने पोर्तेल र मेचेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खेम सुन्दास र नमिता न्यौपानेले चुनौती दिएका थिए ।
तर, कांग्रेस, एमाले र जसपा नेपालको गठबन्धन भएका कारण उनीहरूको जित यसअघि नै सुनिश्चित थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।