मोरङ- नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले आफूलाई ७० हजार मत दिएर जिताउन मतदाताहरूसँग आग्रह गरेका छन्।
आफूलाई मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का जनताले यसअघि पनि तेस्रो सबैभन्दा बढी मत दिएको स्मरण गर्दै आगामी निर्वाचनमा सबैभन्दा बढी मत पाउनेमा विश्वस्त रहेको बताए।
सबैभन्दा बढी मत पाएसँगै संसदमा बोलिने आवाज बुलन्द हुने र त्यो आवाज देश तथा विदेशमा पनि महत्वका साथ हेरिने उनको भनाइ छ।
नयाँ राजनीतिक दलहरूसप्रति लक्षित गर्दै उनले अहिले एक किसिमको कोरोना भाइरस नै रहेकाले यस्तो समयमा पनि सबैभन्दा बढी मतका साथ विजयी हुनुले महत्वपूर्ण अर्थ राख्ने जिकिर गरे। ७० हजार मत ल्याएर निर्वाचित भएको सांसदले उठाएका आवाजहरूले जनताको नीति निर्माणमा धेरै सहजता ल्याउने बताए। नेता शर्माले नेपाललाई शान्तिको देश बनाउन जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।