काठमाडौँ– सिन्धुली २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका नेता महेश्वर दाहालले आफ्नो कदम कुनै बार्गेनिङका निम्ति नभएको बताएका छन् ।
एक प्रेस नोट जारी गर्दै उनले भनेका छन्– 'हाम्रो यो अहिलेको कदम कुनै बार्गेनिङका निम्ति, केही पद हत्याउनका निम्ति अथवा कुर्सीमा जानका लागि चालिएको कदम बिल्कुल होइन। यो त पद्धतिविहीन बनेको, पथभ्रष्ट भएको, राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वको विरूद्धको बगावत हो।'
उनले थप भनेका छन्– 'हामी आफ्नो ठाउँबाट यो दावा गर्दैनौँ कि सिंगो देशलाई हाम्रो कदमले नेतृत्व गर्नेछ तर सिंगो देशमा कम्युनिस्ट आन्दोलनको मूल्यविहीनता, मुद्दा विहीनता र जुन प्रकारको पतनको दिशातिर आज कम्युनिस्ट आन्दोलन गएको छ त्यसलाई विराम दिने एउटा प्रयत्न सिन्धुलीले सुरू गरेको हो। यसका परिणामहरूबारे हामी अनविज्ञ छैनौँ। हामीलाई कार्वाही गरिनेछ। गद्दार भनिनेछ। पार्टीबाट मिल्काइनेछ। तर, हामी यो मुद्दा कम्युनिस्ट आदर्श, कम्युनिस्ट राजनीतिबाट विचलित हुने छैनौँ।'
हामीले कम्युनिस्ट आन्दोलनलाई एउटा सिद्धान्तनिष्ठ मजदुर, किसान, उत्पीडित जनसमुदायप्रति प्रतिबद्ध मूलबाटोमा डोर्याउन खोजेका हौँ भन्ने कुरा इतिहासमा प्रमाणित हुने दाहालले उल्लेख गरेका छन् । जिल्ला कमिटीले उम्मेदवारमा सिफारिस गरे पनि नेतृत्वले अन्यलाई उम्मेदवार बनाएपछि दाहालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
यस्तो छ दाहालको प्रेस नोट:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।