काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि पार्टी कार्यालयमा पहिलोपटक बैठक बसेको हो ।
आजको बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गर्ने बताइएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीकाे रूपमा अघि सारिसकेकाे छ ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे पनि तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन कार्यवाहक सभपाति पूर्णबहादुर खड्कासहितले बेवास्ता गरेपछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।