काठमाडौं– नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका कालिकोट र बैतडीका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
कालिकोटमा बागी उम्मेदवार बनेका नेता भूपेन्द्रजंग शाही र बैतडीका तेजबहादुर चन्दले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
कालिकोटबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले आज निर्वाचन आयोगमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका उनलाई रोकेर विशेष पक्षमा खुलेका पार्टी केन्द्रले हर्षबहादुर बमलाई टिकट दिएको थियो ।
यता चन्दले पनि सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै नेपाली कांग्रेस त्यागेको घोषणा गरेका उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
उनी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत हुन् ।
दलगत राजनीति त्यागेर स्वतन्त्ररूपमा नयाँ राजनीतिक रूपमा अघि बढ्ने बताउँदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताएका थिए । तर आज उनले उम्मेदवारी फिर्ता लिएका हुन् । आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।